आज मिति २०७७ पौष २ गते यस जनउत्थान साकोसको १५ औं वाषिर्क उत्सव २०७७ को उपलक्ष्यमा १२ जना प्लस टु र ब्याचलर अध्ययन गर्ने विद्यार्थीहरुलाई ५/५ हजार गरिब वा जेहन्दार छात्रवृत्ती वितरण, १२ जना बाख्रा पालकहरुलाई १०/१० हजार २ वर्षो लागि निर्ब्याज ऋण सहयोग कार्यक्रम, १० जना सफल ब्यापारीहरुलाई सफल व्यवसायी सम्मान कार्यक्रम, १० जना सफल कृषकहरुलाई सफल कृषक सम्मान कार्यक्रम, ३ वटा आमा समूहरु -बभनी आमा समूह बभनी, आदर्श आमा समूह मडाहा, दिपज्योति आमा समूह भैरहवा) लाई १५/१५ हजार आमा समूह विकास अक्षय कोष सहयोग, ३ वटा विद्यालयहरु -दर्ुगानगर मा.वि., रुपन्देही लिलाराम मा.वि. र बभनी भु पु आधारभुत विद्यालय) लाई ५०/५० हजार विद्यालय विकास अक्षय कोष सहयोग र नेपाल अभिनास अनाथ आश्रम कोटिहवालाई १५ हजार अक्षयकोष सहयोग कार्यक्रम सम्पन्न गरिएको छ । आजको कार्यक्रम संस्थाको अध्यक्ष ज्ञानु पौडयालको अध्यक्षता र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा रेवति रमण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सहकारी रजिष्टार श्रीधर ज्ञवाली, सहकारी विभागिय प्रमुख ज्ञानहरी पन्थी, संचालक समिति, लेखा समिति, सल्लाहकार, सिर्स्र्टस क्लबका पदाधिकारीहरु र २६ जना पत्रकारहरुको सहभागिता भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष गीरी प्रसाद पुनले र संचालन सचिव सरु रानाले गर्नु भएको थियो । विभिन्न कार्यक्रमहरुको वितरण कार्यक्रमको संचालन भने लेखा संयोजक अनिल थापा श्रीस, कोषाध्यक्ष विष्णुमाया कुवर, संचालक सदस्य नील प्रसाद पुन, शान्ति अधिकारी कर्ण्र्ााादुर पुनले संचालन गर्नु भएको थियो । जनउत्थानको अपडेट र वाषिर्क कार्यक्रमको बारेमा व्यवस्थापक रनबहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।
Show In Detail
संचालक तथा लेखा समितिमा आउन चाहने इच्छुक उमेद्वारहरुलाई १ दिने पुर्व अभिमूखिकरण तालिम
Show In Detail
एशियन क्रेडिट यूनियन थाइलेण्डबाट एक्सेस अडिट २०७७ आश्विन १४ गते
Show In Detail
कोरोना महामारी लकडाउनको समयमा ४५ दिन कृषि एम्बुलेन्स संचालन
Show In Detail
शेयर सदस्यहरुको लागि सहकारी शिक्षा कार्यक्रम २०७६
Show In Detail
प्रदेश एक्सपो २०७६ मा जनउत्थान साकोसको सहभागिता
Show In Detail